Monday, September 14, 2015

गाईलाई राष्ट्रिय जनावरबाट हटाउने प्रस्ताव संविधानसभाबाट अस्वीकृत

२८ भदौ, काठकाडौं । गाईलाई राष्ट्रिय जनावर बनाउनुहुँदैन भन्दै संविधानको मस्यौदा विधेयकमा परेको प्रस्ताव संविधानसभाको बहुमतले अस्वीकार गरेको छ ।
गाईलाई राष्ट्रिय जनावर बनाइनुहूँदैन भन्दै सभासद शिवलाल थापाले शंसोधन प्रस्ताव राखेको थिए । त्यस्तै सभासद अनुराधा थापामगरले एकसिंगे गैंडालाई राष्ट्रिय जनावर घोषणा गर्न प्रस्ताव गरेकी थिइन् । सभासद यशोदा लामाले पनि गाईलाई राष्ट्रिय जनावर बनाउन नहुने प्रस्ताव गरेकी थिइन् ।

त्यस्तै सभासद चित्रबहादुर केसीले पनि धारा ९ माथि संशोधनको प्रस्ताव राखेको थिए । अनलाइन खबर

Watch Related Video:

No comments:

Post a Comment