Monday, September 14, 2015

बानेश्वरमा तनाव, हिन्दुवादीमाथि पानीको फोहोरा र लाठी प्रहार

२८ भदौ, काठमाडौं । संविधानसभाले नयाँ संविधानमा धर्मनिरपेक्षता कायमै राख्ने प्रस्ताव पारित गर्दा बाहिर बानेश्वरमा हिन्दुवादीहरुले प्रदर्शन गरिरहेका थिए ।

माइतीघर मण्डलाबाट सुरु भएको जुलुस बानेश्वरमा पुगेपछि झडपमा परिणत भएको छ । प्रहरीले पानीको फोहोराका साथै लाठी चार्ज गरेको छ । अहिले पनि वानेश्वर क्षेत्र तनावग्रस्त छ । हिन्दु राष्ट्रमाग गर्दै राप्रपा नेपाल, खुमबहादुर खड्का र र कमल नयनाचार्यको समूहले जुलुस निकालेको थियो । -online khabar News

Watch Related Video:

No comments:

Post a Comment